याद पिपला ढुंगाना

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

पिपला ढुंगाना

एक्लो बनाउन काफि
केहि साथ
र केहि आफ्नोपनको एकांकी
मान्छेका आफ्नै रंगमञ्चका

मन भरेर हाँस्न पुग्ने
मन खोलेर रुन पुग्ने
एउटा यस्तो नशा जसलाई
पिउँने पनि मन
रित्याउने पनि मन
र पुनश्चः रित्तो रित्तो मनलाई
भर्ने पनि मन

कोशौँ टाढाबाट
यसरी आउँछ कि
हँसाउन काफि
रुवाउन काफि
जो रुवाइरहन्छ

फेरि हँसाइरहन्छ
बौलाहा बनाउँछ

फेरि सम्हाल्छ

ए याद तँ जस्तो तागतिलो
तँ जस्तो कोमल
तँ जस्तो रुन्चे
र फेरि तँ जस्तो कठोर
छ र कोही अर्को?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्