पिपला ढुंगाना
तिम्रो यादमा बितेका ति रात साट्न कता जानु
आँशु पुछ्दै थाकेका यी हात साट्न कता जानु
भन्नेले त भन्छन् सानु मत्लवि छ मान्छेको जात
म पनि त मान्छे नै हुँ जात साट्न कता जानु
हेर्दा पनि बर्षौ बर्ष भिजेको यो सिरानिलाई
तिम्रै याद्को चिनो लाग्छ बिगत साट्न कता जानु
जसो तसो चलाउँदैछु जिन्दगानि खडेरिमा
भएन रे भन्छन् सबै बर्षात साट्न कता जानु ।।