पराजुलीको संयोजत्वमा संघर्ष समिति गठन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँमा संघर्ष समिति गठन गरिएको छ । संघिय सरकारले संघिय निजामति ऐनमा स्थानिय तहका कर्मचारीलाई विभेद गरि ल्याउन लागिएको भन्दै  उक्त विधेक विरुद समिति गठन गरिएको हाे ।

व्यास नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख नविल पराजुलीको संयोजत्वमा समिति गठन गरिएको छ । विधेक सच्चाउन र स्थानिय तहका कर्मचारीहरुलाई पनि सम्मानजनक व्यवहार गर्न माग राख्न तनहुँ जिल्लाका स्थानिय तह कर्मचारी हकहित संघर्ष समिति गठन गरिएको हो ।

समितिको उपसंयोजकमा निर्मला कुवंर, सचिवमा दिपक सिहं धामी,कोषाध्यक्षमा अजय सुवेदी रहेका छन् । त्यस्तै सदस्यमा बाबुराम गैह्रे,युवराज ज्ञवाली,अनन्त रेग्मी,सुबासचन्द्र रानाभाट,होमनाथ लामिछाने,विष्णु खत्री र महेश भटराई रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्