गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा उनको आइतबार अकुप्लाष्टिक शल्यक्रिया गरेको हो । वरिष्ठ अकुप्लाष्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको टिमले शल्यक्रिया गरेको हो ।

अस्पताल स्रोतका अनुसार यो शल्यक्रिया दृष्टिसँग सम्बन्धित नभइ आँखाको संरचना मिलाउन मात्रै गरिएको हो । अर्थात् यसपछि पनि उनको दृष्टि भने फर्किने सम्भावना निकै कम छ ।

हाललाई शल्यक्रिया सफल भएको र निको हुन ६ साता लाग्ने बताइएको छ । यो शल्यक्रियापछि मेनुकाको आँखाको संरचना सामान्य जस्तै देखिनेछ भने चस्मा लगाउनुपर्ने छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्