दमौलीमा चैत ३० गते नयाँ बर्ष सांगीतिक साँझ हुँदै, दुर्गेश थापा आउने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली : होटल व्यवसायी संघ तनहुँले चैत ३० गते दमौलीमा नयाँ बर्ष सांगीतिक साँझ गर्ने भएको छ । संघले नेपाली नयॉ वर्षको अवसर पारी चैत ३० गते सांगितिक सॉझ आयोजना गर्न लागेको हो ।

सोमबार पत्रकार सम्मेलन आयोजना संस्थाले बिगतका बर्षमा जस्तै यसबर्ष पनि नयाँ बर्षको अवसरमा सांगीतिक साँझ आयोजना गर्न लागेको होटल व्यवसायी संघ संघका अध्यक्ष गिरबहादुर थापालले जानकारी दिए ।

थोरै पैसामा दमौलीमै रमाउन सक्ने वातावरण सिर्जना गर्न कार्यक्रम गर्न लागेको संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराई बताए ।

कार्यक्रममा चर्चित गायक दुर्गेश थापा साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने भट्टराईले बताए । उक्त कार्यक्रमका लागि रु दुई सय टिकट शुल्क निर्धारण गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्