सन्दीपको मुद्दासँग जोडेर आरोप लागेपछि पारसले भने– कानुनी दायरामा ल्याउँछु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो चरित्र हत्या गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा सन्दीप लामिछानेको मुद्दासँग जोडेर विभिन्न आरोपहरू लगाएको विषयमा खड्काले आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।

“पछिल्लो केही समययता सामाजिक सञ्जालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” बुधबार साँझ सामाजिक सञ्जाललमा उनले लेखेका छन् ।

उनले नेपाली क्रिकेटप्रतिको आफ्नो ‘निस्वार्थ भावना’ र यसको विकास, विस्तारप्रतिको अठोटमा कदापि पनि परिवर्तन नआउने समेत स्पष्ट पारेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्