तनहुँमा डेंगुकाे संक्रमणले ज्यान गुमाउने को सङ्ख्या बढदै् गएपछि स्थानीयहरु त्रसित

अस्मिता विश्वकर्मा
  • ख-
  • ख+

९ असोज, तनहुँ ।तनहुँमा डेंगुकाे संक्रमणले ज्यान गुमाउने को सङ्ख्या बढदै् गएपछि त्रास फैलिएको छ ।सोमबार एकैदिन व्यास नगरपालिकाका दुई बालबालिकाको डेंगुकाे संक्रमणले ज्यान गएपछि बजारमा सन्नटा छाएको छ ।

दमौली बजारको जनजीवन प्रभावित बनेको महामारीले उग्र रुप लिन सक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।

यसरी एकैदिन दुई बालबालिकाको ज्यान गएपछि जिल्ला समन्वय समितिले सर्वदलिय बैठक बोलाएर अन्र्तक्रिया गरेको छ ।अन्र्तक्रियामा सहभागीहरुले तत्कालै समस्याको समाधानमा जुट्न सबैलाई आग्रह गरिएको थियो ।

अस्पतालमा आउने बिरामीहरू मध्य एकैदिनमा छ सय पचास जनाको परीक्षण गराउँदा चार सय पैतिस जनामा डेंगु पोजेटिभ भेटिएको छ।अस्पतालमा आउने बिरामीको परीक्षण गराउँदा डेंगु पोजेटिभ बिरामी धेरै भएकाले राख्न पनि समस्या भएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर परिवर्तन बरालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्