तनहुँमा २२ महिने बालकको घरको छतबाट खसेर मृत्यु

अस्मिता विश्वकर्मा
  • ख-
  • ख+

तनहुँ ९ असोज

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा २२ महिने बालकको घरको छतबाट खसेर  मृत्यु भएको छ ।

मृत्यु हुने बालक मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

छतमा खेल्ने क्रममा खसेका उनलाई  दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो । उपचारका क्रममा आज पोखरामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्