गण्डकी सरकारविरुद्ध सर्वोच्च जाने काँग्रेसको निर्णय

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली काँग्रेस सर्वोच्च अदालत जाने भएको छ ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत जोडेर सरकार गठनका लागि बहुमत पुर्‍याएको र त्यो असंवैधानिक भएको भन्दै काँग्रेसले सर्वोच्च जाने निर्णय गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्