मातातीर्थ औसीमा लियो क्लवले गर्यो ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- लियो क्लव अफ तनहुँले व्यास नगरपालिका-५ चापाघाटस्थित ज्येष्ठ नागरिक आश्रमलाई कपडा, खाद्यान्न एव फलफूल वितरण सहयोग गरेको छ ।

क्लवले आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा, खाद्यान्न एव फलफूल वितरण सहयोग गरेको क्लवका वर्ष २०२४/२५ का सचिव मुकेश बिडारीले जानकारी दिए ।

उक्त कार्यक्रममा व्यास नगरपालिका -५ का निवर्तमान अध्यक्ष मोहन कुमार श्रेष्ठ, लायन्स क्लब अफ तनहुँका पुर्व अध्यक्ष श्रीभद्र खनाल,लायन्स क्लब अफ तनहुँ सत्यबतीका वर्ष २०२४/०२५ का निर्वाचित अध्यक्ष पबित्रा खनाल लगायत आश्रम संचालक समितिका सदस्यहरुको उपस्थित रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्