ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ – ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ ।

यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ । भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ ।

देशभर ८७ हजारभन्दा बढी मानिस विद्युतविहीन जीवन बिताइरहेका छन् । अहिले पुनर्निर्माणको काम भइरहेको बताइएको छ ।

ताइवानको यस भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्समा सुनामीको चेतावनी जारी गरिएको छ । पूर्वी ताइवानमा धेरै भवनहरू भत्किएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्