समाजवादीबाट नेकपा एमाले प्रवेश गरेका आठ जनालाई सदस्यको जिम्मेवारी प्रदान

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

व्यास नगर कमिटीको मङगलबार बसेको बैठकले नेकपा एकिकृत समाजवादीबाट नेकपा एमाले प्रवेश गरेका आठ जनालाई जिम्मेवारी दिएको हो ।
आठै जनालाई व्यास नगर कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाउनेमा कृष्णहादुर गुरुङ ,विजय गौतम, भानु चापागाई, नारायणबहादुर कार्की,कर्णबहादुर गुरुङ ,कल्याण अधिकारी , डिलबहादुर कोइराला र गङ्गा ढकाल रहेका छन् ।
नगर कमिटीका कार्यवाहक अध्यक्ष तुलसीराम पाण्डेको अध्यक्षयतामा सो बैठक सम्पन्न भएको हो । सोहि बैठकमा एमाले केन्द्रिय सल्लाहाकार सदस्य एकबहादुर राना, जिल्ला उपाध्यक्ष हरिराज कंडेल,गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य श्री राम कार्की,लगायत सहभागि रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्