राष्ट्रपति पौडेलद्वारा सभाहलको उदघाटन गर्ने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

जनचाहना न्यूज
तनहुँ ३० भदौ
व्यासनगरपालिका–३ बिपीबन बाटिकामा निर्माण गरिएको तनहुँ सभाहलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल असोज ६ गते तनहुँ आउने भएका छन् ।
राष्ट्रपति  आउने भएपछि सभाहल,सभाहल आसपास र बजार क्षेत्रमा रंङरोगन गरी चिटिक्क बनाउन थालिएको छ ।
भदौ २४ गते उदघाटन गर्ने भनिएपनि राष्ट्रपति पौडेलको कार्य व्यस्तताले गर्न नसकिएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।
उक्त सभाहलमा साउण्ड सिष्टम जडान लगायतका छुटफुट कार्यका लागि मजदुरहरु खटाएर काम गरिरहेको उनले बताए ।
राष्ट्रपति पौडेलबाट उदघाटन गर्ने योजना सहित अघि बढेका छौ,उनले भने,‘उहाँको अनुकुलता पनि मिल्नुपर्छ,हामीले उहाँलाई नै जोड दिएका   छौ ।’
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण कार्य अघि बढाइएको हो ।
भवन निर्माणमा नेपाल सरकार र बिदेशी दाताको संयुक्त कोष रहेको बताइएको छ । रु.२३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ लागतमा निर्माणधिन उक्त भवनको श्री डाँफे एम.ए.प्रतिष्ठा जे.भि.काठमाण्डौले निर्माणको जिम्मा पाएको छ ।
विसं ०७४ पौष १३ मा सम्झौता गरी विसं ०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाई हुन गएको हो ।
सात सय ५० जना क्षमताको सभाहल रहेको श्री डाँफे एम.ए.प्रतिष्ठा जे.भि.का साइड सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए । उनका अनुसार सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
करिब छ हजार पाँच सय स्क्वीयर फीट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनको दुई ब्लकमा निर्माण गरिएको हो । भवनको लम्बाई ७५ र चौडाई ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।
चार ढलानको उक्त भवनको भुई ढलानमा सवारी पार्किङ,दोस्रो तल्लामा स्टेज,तेश्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्ष लगायतका सुविधा रहेको छ ।

जनचाहना न्यूज

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्