साँसद स्वर्णिमले दमौली अस्पताललाई व्यक्तिगत सहयोगमा पाँच सय थान डेङु परीक्षण कीट सहयोग

अस्मिता विश्वकर्मा
  • ख-
  • ख+

तनहुँ क्षेत्र नम्बर १ का साँसद डा.स्वर्णिम वाग्लेले दमौली अस्पताललाई डेङु परीक्षण कीट व्यक्तिगत सहयोगमा उपलब्ध गराएका छन् । केही दिन अगाडी दमौली अस्पतालमा उपचारमा आउने डेङुका बिरामीको परीक्षण गर्न दमौली बजार क्षेत्रमा किटको अभाव भैरहेको र पाइहाले पनि बढी मूल्यमा खरीद गर्नुपर्ने बाध्यता सिर्जना भएपछि नागरिकलाई सहज रुपमा उपचार सेवा लिन सहयोग पुग्ने उद्देश्यले  सो सामाग्री प्रदान गरिएको रास्पा तनहुँका नेता विश्व बास्तोलाले जानकारी दिए ।

अस्पताललाई डा.वाग्लेको सहयोगमा उपलब्ध गराइएको पाँच सय थान कीट आज अस्पतालका प्रमुख डा. परिर्वतन बराललाई प्रदान गरिएको उनले बताए । प्राप्त कीटले अस्पतालमा उपचारमा आउने डेङुका बिरामीको परीक्षणमा सहज हुने अस्पतालका प्रमुख डा. परिर्वतन बरालले बताए

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्