अज्ञात समूहद्धारा धरान उपमहानगरपालिकाका उपमेयरको घर तोडफोड

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

२६ भदौ, विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घर अज्ञात समूहले तोडफोड गरेका छन् । धरान –१५ खिरिया बस्तीमा बेघाको घर रहेको छ। तोडफोडबाट घरको झ्यालको सिसा फुटेको स्थानीयले बताएका छन् । उपमेयर बेघाको कान्छा भाइ विष्णुलाई आक्रमण गर्न आएको अराजक समूहले घर तोडफोड गरेको बताइएको छ । घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत प्रहरी नपुगेको उपमेयर बेघाले बताएका छन् ।
उनले घटना हुनेबित्तिकै बोलाउँदा समेत प्रहरी नआउनुले धरानको शान्ति सुरक्षामा प्रश्न उठेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए ।

manungpost

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्