नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु : प्रधानमन्त्री

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले उपाध्यक्ष  एवं संविधानस भाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू मर्माहत भएको बताएका छन् ।
प्रचण्डले सामाजिक सञ्जाल एक्समार्फत दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्