हृदयघातबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

२६ भदौ, काठमाडौ ।  एमाले उपाध्यक्ष  एवं संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ ।नेम्वाङलाई सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए । गएराति हृदयाघात भएपछि उपचारका लागि राति करिब १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएको थियो उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताए।

नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।

उनीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायत पार्टी नेता अस्पताल पुगेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्