महानगरपालिकाको गाडी ट्राफिकले रोकेपछि बालेनको चेतावनी : सिंहदरबारमा आगो लगाइदिन्छु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगोलगाउने चेतावनी दिएका छन् । काठमाडौँ बिदाको दिन श्रीमती चढेको सरकारी  नम्बर प्लेट रहेको सेतो गाडी  राति करिब ९ बजेतिर बालकुमारीबाट तीनकुने तर्फ आउँदै गर्दा गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबार जलाइदिने धम्की दिनुका साथै सरकारलाई ‘चोर’समेत भनेका छन् ।

बिदाको दिन सरकारी गाडी तीव्र गतिमा चलाएको देखेपछि ट्राफिक प्रहरीले लगभग ३ मिनेट रोकेर कागजात मागेको सडकमा खटिएका एक ट्राफिक प्रहरीले बताए।

श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको घटनाको आधा घन्टापछि बालेन शाहले सामाजिक सञ्जालमा लेखेका छन् ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार  !’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्