संसदीय समितिमा सुनकाण्डको विषयमा छलफल गर्छु : रामहरि खतिवडा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

११ भदौ, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्नुका साथै उनले समितिमा पक्ष विपक्ष र बहुमत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने बताएका छन् ।

‘यो समिति सरकारविरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन । समिति समितिका रुपमा अगाडि बढ्छ । सुनकाण्ड लगायतका सबै विषयमा छलफल हुन्छ । आजै प्रधानमन्त्री, गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छ रु यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ’ उनले भने ।
समितिको कार्यक्षेत्रमा सुरक्षा निकायहरु रहेकाले संवेदनशील भएर काम गर्नुपर्ने खतिवडाले बताए । ‘वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्वपूर्ण समिति रहेछ भनेर काम गर्नसक्यौ भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्