विश्वकप खेल्न नपाएपछि सन्दीपले भनेः म षड्यन्त्रको शिकार भएँ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् ।

नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान‍्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान‍्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्