ओमनलाई हराउँदै युएई एसिया कपमा छनोट

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै यूएईले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । प्रिमियर कपको उपाधि जितेसँगै युएई २०२५ मा हुने एसिया कपमा छनोट भएको छ ।

फाइनलमा २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो । ओमानका प्रतीक अथभले ४९ र खालिद कैलले ३० रन बनाएपनि जितका लागि पर्याप्त भएन । यूएईका जुनैद सिद्दिकले ३, मोहम्मद फारुक र आयन खानले दुईदुई विकेट लिए ।

यसअघि ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । यूएईका कप्तान मोहम्मद वासिमले शतकीय पारी खेले ।

अलिशान शराफु ३४ र आशिफ ३८ रनको योगदान दिए । ओमानका बिलाल खानले २, शकिल अहमद र जिशान मकसूदले एकएक विकेट लिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्