सुनको मूल्य घट्यो, चाँदीको स्थिर

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं -स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्