अमेरिकाको न्युयोर्कमा गयो भूकम्प

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं । अमेरिकाको न्युयोर्कमा भूकम्प गएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान १०:२३ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

भूकम्पको धक्का बोस्टन र फिलाडेल्फियासम्म महसुस गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु न्युयोर्क सहरबाट करिब ६४ किलोमिटर टाढा न्युजर्सी नजिक रहेको जनाइएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कुनै प्रकारको क्षतिबारे जानकारी आएको छैन ।

द गार्जियनबाट ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्