पृथ्वीराजमार्गमा पहिरो, वैकल्पिक बाटोको प्रयोग

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली -पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा पहिरो खसेपछि वैकल्पिक मार्गबाट यातायात सूचारु गरिएको छ । शुक्रबार बिहान ११ः३० बजे पृथ्वीराजमार्ग सडक विस्तारको क्रममा सडकको करीव ७२ मिटर माथिबाट जमिन चिरा परेकाले वैकल्पिक मार्ग प्रयोग गरि शुक्रबार दिउँसोबाट यातायात सूचारु गरिएको हो ।

जमिन चिरापरेकाले जुनसुकै बेला पनि पहिरो खस्ने भएकोले वैकल्पिक मार्गबाट प्रयोग गर्न लगाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहोराले जानकारी दिए । ढुङ्गा माटो झरिरहेकोले मुग्लिन पोखरा सडक योजना पुर्वी सडक खण्डसँग समन्वय गरी सबै सवारीसाधन तालघरेबाट रानीगाउँ हुदै घासीकुँवा निस्कने भित्री सडक खण्ड प्रयोग गरिएको बोहोराले बताए ।

वैकल्पिक मार्गबाट यातयात सूचारु भएपनि पहिरो खसेपछि अलपत्र परेका यात्रु आ-आफ्नो गन्तव्यमा लागेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्