
दमौली : दुई दिनसम्म लगातार बढेको सुनचाँदीको मूल्य आज शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ र र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि, हिजो छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँ र र तेजाबी सुन १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर तोलाको १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको भहाशाखाले जनाएको छ।