महाशिव पुराणको आम्दानी खर्च सार्वजनिक

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० दुम्सिमा रहेको पवित्र धार्मिक तीर्थस्थल दुम्दुमेश्वर महादेव ( शिव ) मन्दिरमा गरिएको महायज्ञको बिहिबार पत्रकार सम्मेलन गरि आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ ।

दुम दुमेश्वर महादेव शिव मन्दिर संरक्षण समितिले गत फागुन १७ गतेदेखि २७ गतेसम्म मन्दिरको वृहत्तर विकास तथा त्यहाँ निर्मित शिव मन्दिरको प्राण प्रतिष्ठाका लागि मन्दिर हाताभित्र महाशिव पुराणको आयोजना गरेको थियो।
उक्त महाशिव पुराणमा स्थानीय जिल्लावासी, स्वदेश तथा विदेशमा रहेका समाजसेवी , स्थानिय आमा समूह, क्लव, बुद्धिजीवी , संघसंस्था , स्थानीय निकाय लगायतले आर्थिक सहयोग गरेका थिए।
उक्त कार्यक्रमबाट २३ लाख ४३ हजार १४ रुपैयाँ आम्दानी भएको र १२ लाख ७९ हजार १ सय ९७ रुपैया खर्च भई १९ लाख ६३ हजार ८ सय ७ रुपैयाँ बचत हुन पुगेको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष
नारायण प्रसाद रिजालले जानकारी दिए ।
मन्दिर संरक्षण समितिका अध्यक्ष एवं महापुराण मूल समारोह समितिका सभापति धर्म गिरीको सभापतित्वमा सम्पन्न उक्त आयवाय विवरण प्रस्तुत गर्ने कार्यक्रममा सल्लाहकार एवं समाजसेवी तुलसीराम सापकोटा , उपाध्यक्ष लिलावती कडेल , शिवालय आमा समूहका अध्यक्ष विष्णु लामिछाने , सचिव प्रकाश थापा , मन्दिरका सल्लाहकार ऋषिराम ढुङ्गाना लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्