वाइडबडी प्रकरणः पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

विमान खरिद प्रकरणमा पूर्वमन्त्री शाहीसहित नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारी लगायतविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्