सुनको मूल्य बढ्दा चाँदी घट्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेपछि बुधबार तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

अघिल्लो दिन १ लाख २६ हजार ४ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४९० रुपैयाँ कायम भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्