विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ। गए राति सम्पन्न खेलमा बहराइनले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए । नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो। दोस्रो हाफ भने गोलरहित सकिएको थियो।

यो जितसहित बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समूह एचमा ४ खेलमा ९ अङ्क हासिल गरेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेपाल भने चार खेलमा सबै खेलमा हार बेहोरेर अङ्कविहीन हुँदै पुछारमा रहेको छ।

यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अङ्कसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ।अब नेपालले विश्वकप छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्