
तनहुँका व्यास नगरपालिका–५ स्थित मादीनदीमा पौडी खेल्ने क्रममा बिहिबार साझ ऋषिङ्गका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्ला तनहुँ ऋषिङ गाउँपालिका–१ निवासी १८ बर्षीय शक्ति थापामगर रहेको प्रहरीले जनाएको छ । मादीनदीमा पौडी खेल्ने क्रममा नीजलाई नदीले बगाएर बेपत्ता भएको तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।नदीले युवकलाई बगाएर बेपत्ता बनाएको सुचना प्राप्त भएसंगै घट्नास्थलमा खटिएका प्रहरी टोली र स्थानियवासीहरुको संयुक्त प्रयासमा खोजी कार्य भैरहेपनि हालसम्म फेला पर्न नसकेको खाँणले बताए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।