व्यास नगरपालिकाले जनप्रतिनिधि,वडा सचिव र प्राविधिकहरुलाई आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली २७ भदौ
तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि,वडा सचिव र प्राविधिकहरुलाई आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ । प्रशिक्षण कायक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले प्रशिक्षण कार्यक्रमले जनप्रतिनिधि,वडा सचिव र प्राविधिकहरु समेत शिक्षित हुने र नगरवासीको सेवामा पु¥याउने योजनाहरुको कार्यान्वयनमा सहयोग पुग्ने बताए । साथै “यस्ता कार्यक्रमले योजना तर्जुमा देखि योजना सम्पन्न सम्म हरेक कुरामा शिक्षित गराउदछ छ, जसले गर्दा योजना सम्पन्न गर्दा कुनैपनि त्रुटि हुनेछैन  ” उनले भने, । योजना समयमा नै सम्पन्न गर्ने वडालाई पुरस्कृत समेत गरिने उनको भनाई थियो ।

व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरैले कार्यक्रममा बोल्दै वडाहरुले निर्माण कार्य सम्पन्न भएको समयमा मात्र नभएर निर्माण कार्य जारी रहदाँ रहदैअनुगमन समितिलाई बोलाउनु पर्ने बताइन् ।

कार्यक्रममा वरिष्ठ आन्तरिक लेखा परिक्षक प्रमुख कुमारकञ्चन जि।सीले बेरुजु सम्बन्धी विषयवस्तुमा प्रस्तुतिकरण राखेका थिए भने लेखा प्रमुख हेमन्त गुरुङले योजना भुक्तानी तथा बिलरभाई,करकटी सम्बन्धी र योजना कार्यान्वयन तथा अनुगमन उपशाखा प्रमुख भेषराज तिवारीले उपभोक्ता समिति गठन, संचालन,व्यवस्थापन साथै कार्यान्वयन सम्बन्धी कानुनी व्यवस्था बारेमा प्रस्तुतिकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्