आँबुखैरेनी गाउँपालिका ४ बेनीटारबाट दुई दिनको अवधिमा लागुऔषध सहित  पाँच जना पक्राउ

अस्मिता विश्वकर्मा
  • ख-
  • ख+

तनहुँको आँबुखैरेनी गाउँपालिका – ४ बेनीटारबाट दुई दिनको अवधिमा लागुऔषध सहित  पाँच जना पक्राउ परेका छन् ।पुलजीप स्थित पृथ्वीराजमार्ग खण्डमा सवारी साधन जाचँ गर्दा प्रहरीले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको हो ।

गोरखाको सहिद लखन गाउँपालिका २ मनकामना बस्ने २० बर्षिय आयुष थापा र सोहि ठाँउका २१ बर्षिय अजय परियार मुग्लिन तर्फबाट आबुँखैरेनी तर्फ पैदल आउँदै गरेको अवस्थामा लागुऔषध सहित पक्राउ परेका छन् ।उनीहरुको साथबाट १५ थान लागुऔषध बरामद भएको प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाणँले जानकारी दिनुभयो ।

त्यस्तैगरी  मुग्लिन तर्फ बाट आबुँखैरेनी तर्फ पैदल आउदै गरेका गोरखाको आरुघाट गाउँपालिका ६ स्थायी घर भई हाल गोरखा नगरपालिका १३ मझुवा बस्ने २९ बर्षिय सन्तोष परियार लाई समेत प्रहरीले १८ थान लागुऔषध  सहित पक्राउ गरेको  छ भने
मुग्लिनबाट आबुँखैरेनी तर्फ पैदल आउँदै गरेका पोखरा महानगरपालिका– ५ बस्ने २० बर्षिय सुजन सुनार र सोहि ठाउँका २९ बर्षिय अजय नेपाली दुई किलो गाजा  सहित पक्राउ परेका छन् ।

निजहरु बिरुद्ध  सात दिनको म्याद थप गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्