
२० भदौ, काठमाडौ । खुकुरी आक्रमणमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई भेट्न पार्टी सभापति शेरबहादुर देउवा ट्रमा सेन्टरमा पुगेका छन् । सहमहामन्त्री यादवलाई बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टस क्लबबाट निस्कँदै गर्दा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार गर्ने नुवाकोट घर भएका श्याम सापकोटा रहेका थिए ।
आफूलाई अभियान्ता भनेर चिनाउँदै हिँड्ने सापकोटाले ‘एमसीसी’को विरोध गर्दै सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका थिए ।