रुकुममा खाेलाले बगाउदा एकै घरका दाजुबहिनीकाे मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

१८ भदौ, रुकुम । रूकुम पश्चिममा खोलाले बगाउदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चौरजहारी नगरपालिका( ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना बुढाथोकी रहेकी छन् ।
आइतबार बेलुकी बिद्यालय बिदा भए पछि घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा दाजुबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुवैको शव डेढ सय मिटर तल फेला परेको थियो ।

onlinekhabar

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्