
तनहुँको भिमाद नगरपालिका–२ मा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा शनिबार राति जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद रु २९ हजार ६ सय ५० र तीन बुक तास बरामद गरेको छ । थप अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ ।