अर्थमन्त्री डा. महत : प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

१६ भदौ, काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसले चुनौती पनि थपिदिएको बताएका छन् ।

शनिबार आर्थिक पत्रकार समाज ९सेजन० को २५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा। महतले निजी क्षेत्र वा पत्रकार जगतलगायत सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको बताएका हुन् ।
‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, मन्त्री डा। महतले भने, ‘म अर्थमन्त्रालयमा पुगे पछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरीरहेको छु । यसलाई साथीहरुले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ ।’

उनले आफूले राम्रो गर्न खोज्दा खोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सूचना र सबैको सहयोग आवश्यकता पर्ने बताए ।

onlinekhabar

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्