संसदमा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइयो : महासचिव चन्द

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् ।

समाजवादी मोर्चाको सभालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताएका हुन । उनले भ्रम प्रचार गर्नेहरुको पनि सफल नहुने बताए ।

उनले आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजवादी मोर्चामा छलफल भइरहेको बताए छन् । उनले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरीत अन्तर्राष्ट्रियस्तरको सैन्य मैदान बनाउने षड्यन्त्र भइरहेको बताए । उनले नेपाल देशभक्तहरूको रहेको भन्दै नेपाली स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्तिहरू एक हुनुपर्ने बताए ।

देशको स्वाधीनता रक्षा गर्न समाजवादी मोर्चाहरू मिलेर जानुपर्ने समेत बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्