
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय रहेको घर नभत्काउन उच्च अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले राप्रपा कार्यालय रहेको घर नभत्काउन आदेश दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । उच्च अदालतले राप्रपा कार्यालय रहेको घर नभत्काउन गत साउन ३० गते नै अन्तरिम आदेश दिएको थियो । न्यायाधीशहरू सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले घर नभत्काउन अन्तरिम आदेश दिएका थिए ।
अधिवक्ता श्यामबहादुर शाहीले राप्रपा कार्यालय रहेको घर नभत्काउन उच्च अदालत पाटनले बुधबार आदेश दिएको बताए ।