सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

१३ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दैछन् ।

सभामुखको सचिवालयका अनुसार बिहान सिंहदरबारमा ११ बजे बस्ने बैठकमा समितिका काम कारबाहीका विषयमा छलफल हुनेछ । समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा समेत छलफल हुनेछ ।
यही भदौ ११ गते भएको प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापति चयन भएका थिए । त्यसपछि सभामुख र नवनिर्वाचित सभापतिहरुको पहिलो बैठक बस्न लागेको हो ।

अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान छन् ।

सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन् ।

स्रोत: अनलाईनखबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्