
नाबालिका जबरजस्ती करणी अभियोगमा फरार रहेका ऋषिङ्ग गाउँपालिका वडा नं ७ स्थित ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रध्यानाध्यापक झुलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं ७ की एक नाबालिका जबर्जस्ती करणीको आरोपमा थापालाई प्रहरीले पक्राउ गरेको हो । थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टले जानकारी दिए।
निज प्रध्यानाध्यापक थापाले गत साउन ३१ गते १२ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पिडित परिवारले प्रहरीमा उजुरी दिएपछि थापा फरार थिए । हाल थापालाई पक्राउ गरी घटना बारे थप अनुसन्धान भइरहेको विष्टले जानकारी दिए ।