व्यास नगरपालिकाको प्लास्टिक मुक्त अभियान जारी छ-संयोजक नेपाली

  • ख-
  • ख+

११ असार २०२२
तनहुँ जिल्लाको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममै व्यास नगरपालिकालाई प्लास्टिक मुक्त घोषणा गर्ने नीति लिएको थियो। सोही अनुरूप व्यास नगरपालिकाले विशेषगरी प्लास्टिक प्रयोग हुने वडाहरूमा प्लास्टिक मुक्त अभियान व्यास नगरपालिकाको वन वातावरण तथा सरसफाई समिति संयोजक को रूपमा व्यासनगर सभा सदस्य रनसिंह नेपालीको संयोजकतामा उक्त अभियान निरन्तर चलाएको छ। प्लास्टिक मुक्त अभियान गर्नु अघि व्यास नगरपालिकाले उद्योग वाणिज्य सङ्घ, प्लास्टिक तथा प्लास्टिकजन्य भाँडा बिक्री गर्ने व्यापारीहरू, प्लास्टिक प्रयोग गर्ने व्यापारीहरूलाई तीन महिने अवधि दिएर बिक्री वितरण गर्ने तथा मुक्त गर्ने अभियान चलाएको संयोजक रनसिंह नेपालीले बताए। उनका अनुसार व्यास नगरपालिकाको १४ वटै वडामा जनशक्तिको अभावका कारण समयसमयमा अनुगमनमा पुग्न नसकिएको उनले बताए । ४० माइक्रोनको प्लास्टिक हाल प्रयोगमा छ । तर व्यास नगरपालिकाले विषादीयुक्त तरकारीहरू बाहिरबाट आयातमा खासै कडाई नगरी सुक्खा र हलुका सामान लिने/दिने प्लास्टिकमा कडाई गरिदिएर व्यापारमा अप्ठ्यारो स्थिति सिर्जना हुन पुगेको एक व्यापारीले बताए। जनताको स्वास्थ्यका विषयमा चासो हामी पनि लिन्छौँ तर प्रत्यक्ष असर पर्ने विषादीयुक्त तरकारी तथा खाद्यमा स्थानीय तहको चासो नपुगेको उपभोक्ता हककित मञ्च तनहुँका एक पदाधिकारीले बताउछन् । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा बजार अनुगमन समिति बनेको छ। उक्त समितिमा घरेलु तथा साना उद्योग जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय उद्योग वाणिज्य सङ्घका प्रतिनिधि उक्त बजार अनुगमन समितिको सदस्यमा रहेका छन्। कुनै व्यापारीले बाहिर देखाउँदा पातलो ४० माइक्रोनको प्लास्टिक राख्ने राख्ने गरी बिक्री वितरण गरेको पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्