
विष्णु पराजुली बीपी
१० असार २०८२
तनहुँ जिल्लाको कछार भेग भनेर चिनिने रिसिङ गाउँपालिकाले आब २०८२/८३ को नीति तथा कार्यक्रम मङ्गलबारका दिन गाउँपालिकाको आफ्नै भवनमा प्रस्तुत गरेको छ। आब २०८२/८३ का लागि गाउँपालिका प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले ५२ करोड ४० लाख ९५ हजार ४४७ बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये आन्तरिक आयबाट ३ करोड ५० लाख रुपैयाँ सङ्कलन गर्ने अपेक्षा गाउँपालिकाले राखिएको छ। जसमध्ये संघीय सरकारबाट प्राप्त हुने आयमा १० करोड २५ लाख रुपैयाँ र राजस्व बाँडफाँडबाट १ करोड ६८ लाख रूपैयाँ समपूर्क अनुदान पुँजीगत तर्फबाट ७८ लाख रुपैयाँ विशेष अनुदान पुँजीगत र बाट २३ करोड ५ लाख रुपैयाँ सशर्त अनुदान रहेको छ त्यस्तै प्रदेश सरकारको वित्तीय समानीकरण तर्फबाट ४० लाख प्राप्त हुने अनुमान छ। चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ५० लाख रहने अनुमान गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५२ करोड ४० लाख ९५ हजार ४४७रुपैयाँ अनुमान गरेको छ। मङ्गलबार का दिन प्रस्तुत गरिएको उक्त बजेटमा गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा मगर, प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाका कर्मचारीहरू आठवटै वडा का वडा अध्यक्षहरू, वडा सदस्यहरू कार्यपालिका सदस्यहरू को उपस्थितिमा गाउँसभामा उक्त बजेट प्रस्तुत गरिएको हो। उक्त गाउँसभाले २०८२/८३ को प्रस्तुत गरेको बजेटमा ग्रामीण होमस्टे कृषि उत्पादन लगायतका क्षेत्रलाई उपेक्षा गरिएको पाइएको छ ।