
११ भदौ, काठमाडौ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्वाचन सोमबार हुँदै छ ।
उद्योग तथा वाणिज्य समितिमा सत्ता साँझेदार र प्रमुख प्रतिपक्षी दलका साझा उम्मेदवार जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीबीच प्रतिस्पर्धा हुँदै छ । अरू ९ वटा विषय गत समितिका सभापति भने निर्विरोध निर्वाचित भइसकेका छन् ।