छानबिन समिति मान्दैनौँ-उपसभापति डा वाग्ले

  • ख-
  • ख+

भण्डाफोर संवाददाता

बीपी १० असार

संसदमा चौथो ठूलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जारी राखेको मानव तस्कर जस्तो संगठित अपराध बारे संसद अवरोध गर्ने काम जारी राखेको छ । संसदमा उठेको विषयमा जानकारी गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्गलबार उक्त अभियोगसँग सम्बन्धित छानबिन गर्न पूर्व मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा बनेको समिति भएको टालटुले र काम गर्न नसक्ने समिति भएको बताएको छ । संसद सचिवालय अगाडि विशेष पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकाका उपसभापति डा स्वर्णिम वाग्लेले भने “हाम्रो आन्दोलन जारी छ,चौथो दल नै भारी छ” भिजिट भिसासँग सम्बन्धित कुरा जब जनतामाझ उठिसकेको हुनाले संसदमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरी छानबिनमा सघाउनुपर्ने उनले बताए । विगतमा आफू सांसद हुँदा विवादित विषयमा कुरा उठ्दा मन्त्रीले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने भन्दै संसदमा आवाज उठाउँदै आएका थिए हालका गृहमन्त्री रमेश लेखकले । जबसम्म हल्का गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्दैनन् तबसम्म हाम्रो आन्दोलन जारी छ उपसभापति वाग्लेले भने । अवरुद्ध संसद खुलाउन भन्दै सभामुख देवराज घिमिरेले गरेको पटकपटकको प्रयास असफल भइसकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्