पश्चिमी वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं  – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २६ मिनेटमा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्