दमौली लगायत यी स्थानमा आज तीन घण्टा विद्युत अवरुद्ध हुने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – तनहुँको सदरमुकाम दमौली लगायत  विभिन्न स्थानहरूमा आज तीन  घण्टा विद्युत अवरूद्ध हुने भएको छ।

दमौली बजार र आसपासका क्षेत्रमा आज बुधबार दिउँसो तीन घण्टा विद्युत अवरुद्ध हुने भएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

तनहुँ वितरण केन्द्रका अनुसार दमौली, तनहुँसुर, छाब्दी, थर्पु र सोती फिडरबाट विद्युत आपूर्ति हुने सबै क्षेत्रहरूमा विद्युत सेवा बन्द हुने जनाइएको छ ।

दमौलीस्थित सवस्टेशनमा पावर ट्रान्सफर्मर तथा ब्रेकर प्यानलमा मर्मत गर्नुपर्ने भएकाले बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्