दमौली – तनहुँको सदरमुकाम दमौली बजारमा आज मङ्गलबारदेखि छ दिन दैनिक सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत दमौली बजारमा सडक किनारमा नयाँ लाइन विस्तार गरी पुरानो संरचना हटाउने कार्यका लागि भोलि मङ्गलबारदेखि लागेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए ।
वितरण केन्द्रका प्रमुख रेग्मीका अनुसार सडक विस्तारका क्रममा पोल गाड्ने काम भइरहेको र यसका लागि ३० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।
उक्त पोलमा नयाँ लाइन विस्तार गर्न व्यास नगरपालिका-१, २, ३, ४ र ५ को केही भागमा आवश्यकता अनुसार विद्युत अवरुद्ध हुने तनहुँ वितरण केन्द्रले जनाएको छ ।