
काठमाडौं – नेपालले आइसीसी यू-१९ क्रिकेट विश्वकप एसिया छनाैटकाे आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी २०२५ अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू–१९ विश्वकपमा भाग लिन पाउने छ ।
यू-१९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् ।
१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबे र नामिबियामाले आयोजना गर्ने बताइएको छ ।