
भदौ ९ तनहुँ
म्याग्देमा करेन्ट लागेर दुई जना महिला घाइते भएका छन् । घाइते हुनेमा म्याग्दे गाउँपालिका बस्ने ५० बर्सिय सिता र सोहि ठाउँमा बस्ने २५ बर्षकी सुमिना गुरुङ रहेका छन् ।
शनिबार मनपाङमा बिजुलिको तार अचानक चुडिन गई करेन्ट लाग्दा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहन बहादुर खाणले जानकारी दिए । बिजुलिको तार चुडेर पानिमा करेन्ट प्रबाह भई बाटो हिड्ने क्रममा दुई जना घाइते भएका हुन् । उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ।