सभापति रवि लामिछाने भन्छन् – लय पक्रँदै छौँ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई वर्षको अवधिमा आफूहरूले ‘जानेको गरेको’ बताएका छन् । पार्टी ठिक र लय पक्रँदै गरेको पनि उनले उल्लेख गरेका छन् ।

अबको यात्रा ‘नरम र गरमभन्दा माथि उठेर सुसंस्कृत राजनीतिक अभ्यासको’ हुने उनको भनाइ छ । “…अबको यात्रा संयम र धैर्यसहित परिष्कृत वैचारिक परिपक्वताको, चुस्त संगठनको, मर्यादित संसदीय अभ्यासको अनि नरम र गरमभन्दा माथि उठेर सुसंस्कृत राजनीतिक अभ्यासको,” शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

पार्टी परिपक्व हुने चरणमा रहेको पनि उल्लेख गरेका छन् । सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रूपमा पार्टीको ‘क्लोज क्याम्प’ सकिएको उनले जानकारी गराएका छन् ।

“सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा ‘क्लोज क्याम्प’ सकिएको छ । प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझाव केन्द्रीय समितिमा घनीभूत रूपमा छलफल हुने नै छ,” उनले लेखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्